पोखरा टप माउण्टेन तेक्वाण्दो डोजाङको देउसी भैलो

पोखरा, १८ कार्तिक

पोखरा टप माउण्टेन तेक्वाण्दो डोजाङले शनिवार पोखरामा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा रामबजारस्थित भँवरकोट पार्टी प्यालेसमा आयोजित देउसी भैलो कार्यक्रमबाट १ लाख ३० हजार ७७५ रुपैया संकलन भएको छ । डोजाङका प्रशिक्षार्थीहरुलाई आवाश्यक खेल सामग्री खरिद गर्ने उद्धेश्यले तिहार समाप्त भएको दुई हप्तापछि आयोजित देउसी भैलोमा प्रशिक्षार्थी खेलाडीका अभिभावकहरुले दान रकम प्रदान गरेका थिए ।

कार्यक्रमका डोजाङका प्रशिक्षार्थी खेलाडीहरुले विविध साँस्कृतिक प्रस्तुतिका साथै तेक्वाण्दो खेलका कलाहरु पनि प्रदर्शन गरेका थिए । डोजाङकी प्रमुख प्रशिक्षक रेखमाया गुरुङको संयोजनमा भएको कार्यक्रमको संञ्चालन डोजाङकी अभिभावक, सल्लाहकार तथा नवदीप बोर्डिङ स्कुलकी प्रिन्सिपल कौशल्या गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

पोखरा १० शिवचोकस्थित डोजाङमा हाल ६४ तेक्वाण्दो खेलाडीहरु प्रशिक्षरणरत रहेकाछन् ।

Comments

comments

Read More