संघीय समाजवादी फोरम पोखरा लेखनाथ २९ मा तामाङ

पोखरा, १८ कार्तिक

बैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेको संघीय समाजवादी फोरमले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ मा वडा समिति गठन गरेको छ ।

सोमप्रसाद तामाङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बलबहादुर गुरुङ, सचिवमा महेन्द्रकुमार ताम्राकार, सहसचिवमा सिता गुरुङ, कोषाध्यक्षमा बीरबहादुर गुरुङ, सदस्यहरुमा कर्णबहादुर गुरुङ, राजेन्द्र राई लगायत रहनु भएको छ । यसरी नै सल्लाहकारमा गञ्जमान तामाङ, कर्णबहादुर गुरुङ र बीरबहादुर गुरुङ चयन हुनुभएको छ । वडामा प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार समेतलाई विशेष अभियान संचालन गर्न वडा समितिले भुमिका निर्वाह गर्ने बताइएको छ ।

भेलामा फोरम क्षेत्र नं. १ का संयोजक जंगबहादुर गुरुङ, जिल्ला सदस्य बीरबहादुर गुरुङ, योगेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments

comments

Read More