चुनावका बेला विकास दिन्छु भन्नेहरुले सरकारमा हुदा के हेरेः गुरुङ

पोखरा, ९ मंसिर

संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. २ ले शनिवार मादी गाउपालिका वडा नं. ताङतिङमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सभामा बोल्ने बक्ताहरुले पटक पटक जिताएर पठाएकाहरुले चुनावका बेला सपना देखाउदा विश्वास गर्न नहुने भन्दै जनतालाई अधिकार र समृद्धिको संकल्पका साथ जुटेको बैकल्पिक शक्ति संघीय समाजवादीलाई मसाल चिन्हमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले पटक पटक हामीले जिताएर पठाएका पुराना पार्टीका प्रतिनीधिहरुले जनताको मतको अपमान र मुलुकलाई अधोगति तर्फ उन्मुख गराएको बताउनुभयो । अक्षम पार्टीका असफल नेताहरुलाई पटक पटक भोट हाल्नु भनेको आफ्नै भविष्यमाथि खेलवाड गर्नु हो भन्नुहुदै विभेद मुक्ति, समान अधिकार, पहिचान, पहुच, तमुवान र मुलुकको समृद्धिका लागि संघर्षरत ससफोका उमेदवारहरुलाई मसाल चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । चुनावका बेला विकास दिन्छु भन्नेहरुले पटक पटक जनमत प्राप्त गरेकै थिए, सत्ता हाँकेकै थिए किन मुलुकलाई समृद्ध बनाएनन्, उहाँको प्रश्न थियो ।

क्षेत्र नं. १ का प्रतिनीधि सभाका उमेदवार मनबहादुर गुरुङले अधिकार विहिन बनाउने, पहिचान मेटाउनेहरुलाई चुनावमा चिन्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, सक्तामा साझेदारी विना विभेदमा पारिएका पहसुस गरेका जनताले अधिकार प्राप्ति पनि गर्दैनन्, मुलुक पनि समृद्धितर्फ लम्कन सक्दैन ।

प्रदेशसभा २ का उमेदवार कासीमाया गुरुङले मौलिक सँस्कृति नामेट गर्नेहरु अपराधी हुन भन्नुहुदै सँस्कृति विनाको विकासले सभ्यता बोक्दैन भन्नुभयो । उहाँले समान अधिकार प्राप्ति र तुमवान विना तमुवानी जनताले समृद्धिको महसुस गर्न नसक्ने दावी गर्नुभयो ।

ताङतिङ आमा समुहकी अध्यक्ष ओमकुमारी गुरुङको अध्यक्षता, पुनम गुरुङको संचालनमा भएको कार्यक्रममा सु.नौबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसरी नै कास्की क्षेत्र नं. २ को चुनावी अभियान पोखरा १५ मा भएको छ । भुजेल समाजमा आयोजित भेलामा तमुवान इञ्चार्ज गणेशमान गुरुङ, प्रतिनिधीसभा सदस्य उमेदवार रत्ना भट्टचन, प्रदेशसभा सदस्य उमेदवार कुलबहादुर भुजेल, किसन विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसरी नै क्षेत्र नं. ३ को चुनावी अभियान पोखरा १८ सराङकोट, पोखरा २, पोखरा १९ र माछापुच्छे्र गाउपालिकाको सार्दिखोलामा जारी रहेको छ । अभियानमा प्रतिनीधि सभा सदस्य उमेदवार डिलबहादुर नेपाली, प्रदेश सभा सदस्य उमेदवार चिनबहादुर नेपाली, सु.तुलबहादुर गुरुङ, समानुपातिक उमेदवार रामबहादुर नेपाली, तारा नेपाली, प्रेमराज भण्डारी लगायतको सहभागीता रहेको छ ।

Comments

comments

Read More