हर्कटेमा दुग्ध डेरीमा आगलागी ,१ करोड ५० लाख बराबरको क्षती ।

इलाम मसिंर १३
इलामको सुर्याेदयनगरपालिका वडा न.६ हर्कटे बजारमा सञ्चालित दुग्ध डेरी उद्योगमा आज बिहान आगलागी भएको छ ।
आज बिहान ५ बजे सुरु भएको भएको आगलागीबाट शिवाकोटी सन्स एग्रीकल्चर प्रा.लि.को उत्त दुग्ध डेरी उद्योग पुर्णरुपमा नष्ट भएको छ । खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले संंचालनमा ल्याउनु भएको दुग्ध डेरीमा भएको आगलागीका कारण १ करोड ५० लाख बराबर क्षती भएको प्रारम्भिको छ । उद्योगका सबै समाग्री मेसीन फर्निचर सगै ४ हजार केजी छुर्पी ४ हजार ५ सय केजी घिउँ समेत जलेर नस्ट भएको छ

घिउँको कारणबाट आगलागी नियन्त्रणमा समस्या भएको थियो स्थानीय बासीको अनुसार आगलागीको समयमा घिउँको खोला बगेको थियो ।दश बर्षलाई जमिन लिजमा लिएर शिवाकोटी काका भतिजले सञ्चालनमा ल्याउनु भएको सो डेरी उद्योग बिद्युत सट भएर आगलागी भएको हुन सक्कने प्रहरीको अनुमान रहेको छ । सूर्योदय नगरपालिकाको दमकल तथा स्थानीय बासीको साहरामा बिहान ८ बजे आगो नियन्त्रणमा आएको भएपनि कुनै सामान बचाउन नसकिएको स्थानीयबासीले बताएका छन ।

२०७४ साल जेठ ४ गते बाट सञ्चालनमा आएको उक्त उद्योगमा दैनिक पाचँहजार पाचँ सय लिटर दुग्ध प्रसोधन भईरहेको थियो । उद्योगमा हाल १० जना मजदुरहरुले रोजगारी पाइरहेका थिए । उद्योगले ्नियमित रुपमा घिउँ र छुर्पी उत्पादन गरेर राजधानी काठमाण्डौ लगायत स्थानीय बजारहरुमा पठाउने गरेको थियो

Comments

comments

Read More