विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदै

मंसिर १५ पोखरा

एड्स दिवस डिसेम्बर १ तारिक अर्थात आज विश्व एड्स दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा असुरक्षित यौनसम्पर्कका कारण ७० प्रतिशत एचआइभी सङ्क्रमणको जोखिम रहेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार अहिले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७ सय ३५ छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । सन् २००५ देखि २०१६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण ज्यान गुमाउनेको संख्या ४ सय ८५ ले कमी आएको छ । नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको केन्द्रका निर्देशक डाक्टर विकास लामिछानेले बताउनुभयो । उहाँका अनुसार नेपालमा ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको छ । सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष, समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।

जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । अहिले १४ हजार ५ सय ४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका लामिछानेले जानकारी दिनुभयो । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य भएको उहाँको भनाई छ । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।

Comments

comments

Read More