सर्वोच्चपद शंकराचार्यकालागि नेपाली महिला हेमानन्द गिरी प्रतिष्पर्धामा

झापा, पुुस ६ हिन्दु धर्मालम्बीहरुको आचार्यहरुको सर्वोच्चपद शंकराचार्य पदबी ग्रहणकालागि नेपालकी सन्त हेमानन्द गिरीले आफनो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
हिन्दुधर्म भित्रका मुख्य चारमठ मध्येका भारतको उडिसाको जगन्नाथपुरीको शंकर मठ, गुजरातको द्वारकामठ दक्षिण भारतको कान्ची कामकोटी शंकरमठ र उत्तराखण्डको बद्रिनाथमा अवस्थित ज्योतिर्मठ मध्येका बद्रिनाथस्थित ज्यातिर्मठको शंकराचार्य पदकालागि आफनो दाबेदारी प्रस्तुत गर्नुभएको हो । परम्परा अनुसार हालसम्म पुरुषमात्रले शंकाराचार्यको पदधारण गर्दै आएकोमा पूर्विय हिन्दु प्रम्पार अनुसारको शंकराचार्य पदधारणका इतिहासमानै पहिलो पटक नेपाली महिला हेमानन्द गिरीको मनोनय स्वकृत भएको छ । हिन्द्ुधर्म भित्रमा सवै सम्प्रदायहरुको सहमतिमा निर्माण भएको अखाडा परिषद र धर्मसभा मण्डलको गहन छानविन र छलफल पछि गिरीको मनोनय स्वकृत भएको बुझिएको छ । हाल सम्म कुनै पनि महिलाले यो पद धारण गरेका छैनन । यदि हेमानन्दको मनोनय सर्वसम्मत बन्नसके गिरीनै पहिलो शंकराचार्यको पद धारण गर्ने पहिलो नेपाली महिला हुनेछिन ।

Comments

comments

Read More