दमकमा सिटि सफारी सञ्चालनको नयाँ नियम : अव दमकका स्थाई नागरिकले मात्र चलाउन पाउने

दमक, पुस झापाको दमकमा सञ्चालन हुने सिटि सफारीमा नयाँ नियम लागु हुने भएको छ । दमक नगरभित्र पार्क गरि सिटि सफारी चालाउन अनिवार्य दमकमा स्थाई बसोबास गर्ने नागरिक हुनुपर्ने नयाँ नियम बनेको छ ।
मंगलवार दमक नगरपालिका, सिटि सफारी र ट्राफिक प्रहरी बिच भएको सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको हो । भेलाले अव दमकमा नयाँ सिटि सफारी दर्ता रोक गर्न यातायात व्यवस्था बिभागमा समेत पत्रचार गर्ने निर्णय गरेको भेलामा सहभागी सिटी सफारी चालकका प्रतिनिधी मणी नेपालले जानकारी दिनु भएको छ ।
साथै भेलाले आजैवाट लागु हुने गरि दमकमा तिन ठाउँ मात्र पार्किङ गर्न मिल्ने समेत नियम बनाएको छ । आजवाट दमकका सिटि सफारी दमक ९ स्थित चिया दोकान, नाईट बस काण्टर अगाडि र पूर्व बस पार्कमा मात्र पार्किङ गर्न पाईने छ ।

Comments

comments

Read More