आज मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ पुस । आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो

Comments

comments

Read More