आज माघे संक्रान्ति पर्व, मुलुकभर नदी तथा दोभानमा स्नान गरी मनाईदै ।

१ माघ । आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदैछ । थारु समुदायले भने यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यस दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन रहेका छ । यस्तै, यो पर्वलाई नेवार, मगरलगायतका अन्य समुदायले पनि विशेष रुपमा मनाउने गर्छन् । आज झापाको कन्काई माईमा बिगतमा जस्तै यस बर्षपनि मकर मेला लागेको छ । ज्योतिष शास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास छ । लड्डु तथा घिउ–चाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागर लगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भीड लाग्ने गर्छ । झापाको कन्काई माईमा बिगतमा जस्तै यस बर्षपनि मकर मेला लागेको छ । मकर नुहाउनकालागि हजारौको संख्यामा भक्तजनहरु कन्काइ माइमा भेला हुने गरेका छन् ।

Comments

comments

Read More