छक्का पन्जा फेसबुकमा सार्वजनिक भएकोमा दीपकराज चिन्तित

काठमाडौं, पुस २९ – चलचित्र छक्का पन्जा पाइरेसीको चपेटमा परेको छ । छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ ।

थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जनाएका छन् । यसरी पाइरेस गर्ने गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि  जाहेर गरेका छन् ।

केही दिनमै आफूले आधिकारीक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने भएकाले आधिकारीक रुपमै सबैले हेर्न पाउने पनि कलाकार गिरीले बताएका छन् ।

Comments

comments

Read More