झापाका यी १० महिला जनप्रतिनिधी जो अभिमुखीकरणले नै जनप्रतिनिधीमा चुनीए

दमक, माघ २
ग्रामीण तथा शहरी बिकास नेपालको अभिमुखीकरण तालिमले झापामा १० जना महिला स्थानिय तहको नेतृत्वमा पुगेको जनाइएको छ । स्थानिय तहको चुनाव अघि ४० जना महिलाले दावी गरेकोमा २९ जनाले टिकट पाएर १२ जना निर्वाचित भएका थिए । उक्त निर्वाचीत मद्ये १० जना आदिवासी तथा सिमान्तकृत महिला रहेको ग्रामीण तथा शहरी बिकास नेपालले आज दमकमा पत्रकार सम्मेलन गरि जनाएको छ । महिलाहरु बिषेशगरि सिमान्तकृत समुदायको स्थानिय सुशासन, निर्वाचन निर्णयाक तह र राजनैतिक सहभागीता गराउन सस्थाले बिगत दुई वर्ष देखी झापामा काम गरिरहेको छ । झापाका १५ वटै स्थानिय तहमा पुगेर त्यहाँका महिला बिषेशगरि सिमान्तकृत समुदायको नेतृत्व बिकास सम्बन्धि काम गरिरहेको सस्थाकी अध्यक्ष बसन्त लक्ष्मि उदासले पत्रकार सम्मेलनमा बताउनु भयो ।
यी हुन १० जन प्रतिनिधी जो ग्रामीण तथा शहरी बिकास नेपालको अभिमुखीकरण कार्यक्रमले जनप्रतिनीधी बने
१) पार्वता ताजपुरीया ः गौरादह नगरपालिकाको कार्यपालिका सदस्य
२)जलवर्षा चौधरी ः गौरादह नगरापलिका, कार्यपालिकाको सदस्य
३) सबिता थापा मगर ः गौरिगञ्ज गाउँपालिका निर्वाचित वडा सदस्य
४ं लिला गन्गाईः गौरिगञ्ज गाउँपालिकाको कार्यपालिका सदस्य
५) सिता माया गुरुङ ः गौरादह नगरपलिका वडा सदस्य
६) हिमा कार्कीः गौरिगञ्ज गाउँपालिका, निर्वाचित सदस्य
७) टिका चु्डालः गौरादह नगरपलिका निर्वाचित वडा सदस्य
८) चन्द्रकला बिकः दमक नगरपालिका , कार्यकारी बोर्ड सदस्य
९ं भक्ता दाहालः दमक नगरपालिका , कार्यकारी वोर्ड सदस्य
१०) गीता भेट्वालः गौरादह नगरपालिका, उप प्रमुख

Comments

comments

Read More