धारिलो हतियार प्रहार गरी श्रीमान द्वारा सुत्केरी श्रीमतीको हत्या

७ माघ , झापा ।
झापाको अर्जुनधारामा धारिलो हतियार प्रहार गरी श्रीमानले सुत्केरी श्रीमतीको हत्या गरेका छन्
अर्जुनधारा–१ सिस्नेबगर टोलका २३ बर्षिय दिनेश गहतराजले १५ दिनकी सुत्केरी श्रीमती योनिता लिम्बुको (धारिलो हतियार) दाऊ प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार शुक्रबार साँझ खाटमा आराम गरिरहेकी योनितालाई गहतराजले दाउ प्रहार गरेका थिए । घाँटीको बायाँ भागमा गम्भिर चोट लागेपछि योनिताको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले गहतराजले श्रीमतीको अन्य सम्बन्धमा शंकाउपशंका गर्दा आवेगमा आएर हत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । श्रीमतीसँगको विवादपछि आवेगमा आएर हत्या गरेको बयान गहतराजले प्रहरी समक्ष दिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । श्रीमती हत्यामा संम्लग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ दिन अघि योनिता सुत्केरी भएकी थिइन । शिशुको जन्मेको पाँच दिनमा नै निधन भएको थियो ।

Comments

comments

Read More