एम्बुलेन्स सहयोगार्थ कोरियामा म्युजिकल कन्सर्ट हुने

१० माघ । सोलुखम्बुको फाप्लु हस्पिटललाई एम्बुलेन्स सहयोगार्थ एभरेस्ट २०१८ दक्षिण कोरियामा हुने भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालीको सान , सञ्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने मूल नाराका साथ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले एभरेस्ट म्युजिकल लाइभ कन्सर्ट २०१८ हुने भएको हो ।
एकै थलोमा हरेक स्वादको सांगीतिक मनोरञ्जन दिलाउन नेपालबाट ख्याति प्राप्त कलाकारहरु राज सिग्देल,शिव परियार,मेलिना राई,सन्दीप क्षेत्री,मिलन लामाका साथ नव गायिका मनिता चाम्लिङग् राई ,अमन थिङ्ग र सोनाम दोङ्वा लगायत चर्चित स्थानिय कलाकार हरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम यही फेरवरी १५ तारिखमा कोरियन समय अनुसार दिनको ठिक १२ बजे सुरु हुने जानकारी आयोजक टिमले दिएको छ । आयोजकका अनुसार यसपाली बिशेष आकर्षण “ऊ जितेर गई,या हारेर गई“रहने छ ।
सोलुखुम्बु सेवा समाजको आयोजना र नेपाल ललितकला मन्च कोरियाको सहआयोजनामा हुनलागेको सो म्युजिकल लाइभ कन्सर्ट बाट संकलित रकमले सोलुखम्बुको फप्लु हसप्टिललाई एम्बुलेन्स खरिद गरि हस्तन्तरण गर्ने बताईएको छ । तसर्थ कोरियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध समेत गरेको आयोजको भनाइ छ ।

Comments

comments

Read More