संघीय समाजवादी महिला फोरम कास्कीको एक हप्ते प्रशिक्षण शुरु

 

पोखरा, १८ माघ

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी महिला फोरम कास्कीले बुधवारदेखि प्रशिक्षण शुरु गरेको छ ।

महिला नेतृ कासीमाया गुरुङको अध्यक्षतामा नवगठित महिला फोरम कास्कीले अगुवा कार्यकर्तालाई नेतृत्व विकास, बोल्ने कला, कानुनी एवं सैद्धान्तिक विषयमा प्रशिक्षित गर्नका लागि एक हप्ते प्रशिक्षणको शुरु गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुदै सघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले प्रशिक्षणले प्रशिक्षकहरु उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अधिकार प्राप्तिका लागि स्थापित पार्टीका कार्यकर्ताहरु आफै प्रशिक्षित हुन सके मात्र आम जनतालाई विभेद मुक्तिको अभियानमा सरिक गराउन सकिने भन्नुहुदै महिला फोरम कास्कीको तालिम उदाहरणीय हुने अपेक्षा गर्नुभयो ।

संघीय समाजवादी फोरम केन्द्रीय सदस्य पानबहादुर घर्तीले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै महिलाहरुको प्रशिक्षित बनेमा नै समाज, पार्टी र देश नै सशक्त बन्ने बताउनुभयो । प्रशिक्षणले महिला शसक्तीकरणका साथै महिला फोरमलाई जुझारु बनाउने सक्ने विश्वास व्यक्त गर्नुभयो ।

फोरम कास्की अध्यक्ष दीपक तामाङले शुभकामना व्यक्त गर्नुहुदै नेतृत्व विकास र संगठन सुदृढिकरणका लागि महिला फोरमको तालिम उदाहरणीय बन्ने बताउनुभयो ।

संघीय समाजवादी महिला फोरम कास्कीका अध्यक्ष कासीमाया गुरुङले एक हप्ते तालिम पश्चात आफुहरुले कास्कीका एक हजार महिला दिदिवहिनीहरुलाई प्रशिक्षित गर्ने अभियान रहेको बताउनुभयो ।

अध्यक्ष कासीमाया गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन उपाध्यक्ष विष्णु तामाङले सञ्चालन गर्नुभएको थियो ।

पहिलो दिनका प्रशिक्षणमा अध्यक्ष कासीमाया गुरुङले भाषण र उद्घोषण कलाका विविध पक्षमा सहजीकरण गर्नुभएको थियो ।

एक हप्ते तालिममा भाषण तथा उद्घोषण तालिम, विभेदको स्वरुप र संविधान शंसोधन, नेतृत्व विकास, पार्टीको सैद्धान्तिक मान्यता, संगठन निर्माण र सञ्चालन, महिला हिंसा र कानुनी सचेतना लगायतका विषयमा प्रशिक्षण गराइने उपाध्यक्ष विष्णु तामाङले जानकारी दिनुभयो ।

 

Comments

comments

Read More