सामुदायिक वनद्वारा ६० उपभोक्तालाई ग्याँस सिलिन्डर वितरण

 सुखिलाल चौधरी उदयपुर माघ १९ ।  उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह स्थित रामजानकी नमुना सामुदायिक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई एलपी ग्याँसको सिलिन्डर वितरण गरेको छ ।सामुदायिक वनले दुई लाख २८ हजार रुपैयाँ बराबरको ६० घर परिवारलाई एलपी ग्यासको सिलिन्डर वितरण गरेको हो । सामुदायिक वनले आर्थिक वर्ष २०७३÷७४ को आम्दानीबाट कार्ययोजना बनाएर दलित, एकल महिला र विपन्न ६० परिवारलाई दुई लाख २८ हजार बराबरको ग्याँस सिलिन्डर वितरण गरेको रामजानकी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युवराज खनालले बताए ।घरायसी प्रयोजनको लागि रुख काटेर वन फडानी गर्दै आएका गरिव, विपन्न, दलित तथा एकल महिलालाई वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत ग्यास सिलिन्डर वितरण गरेको अध्यक्ष खनालको भनाई छ ।


 

Comments

comments

Read More