मोटरसाइकल चोरी गर्ने नक्कली पत्रकार खोरमा

१९ माघ , इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट मोटरसाइकल चोरी गर्ने नक्कली पत्रकार पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरी पश्चात खोजतलाशको क्रममा प्रहरीले सुनसरीकोहरिनगर गाउँपालिकाका हेमन्तराज मेहता र बिराटनगरका रोहित यादवलाई पक्राउ गरेको हो । केहिदिन अघि इनरुवा अस्पताल नजिकबाट हराएको रामबाबु सुवेदीको २१ प १९४७ नम्वरको पल्सर मोटरसाइकल प्रहरीले इनरुवा स्थित सुनसरी मोरङ सिचाई आयोजना नजिकलुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।चोरीको आरोपमा पक्राउ परेका रोहित यादबले आफु संचारकर्मी भएको भन्दै स्थानीय एक दैनिक पत्रिकाको परिचय पत्र देखाएपछि प्रहरी आश्चर्यमा परेको थियो । पक्राउ परेकाहरु उपर म्याद थप गरी कार्वाही अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको साथबाट पत्रकार परिचय पत्र फेला परेको स्विकारेपनि उक्त परिचयपत्र नक्कली भएको सुनसरी प्रहरीले जनाएको छ ।

Comments

comments

Read More