दमक वाणिज्य संघले यसरी कमायो साढे २३ लाख

२० माघ , झापा । दमक उद्योग वाणिज्य संघले वाणिज्य संघको इतिहासमा महोत्सवबाट पहिलो पटक आम्दानी गर्न सफल भएको दाबी गरेको छ ।गत पुस २७ गते देखि माघ ८ गतेसम्म सञ्चालन भएको महोत्सवको आय ब्यय सार्वजनिक गर्दै यस्तो दाबी गरिएको हो ।दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रढकालका अनुसार महोत्सवबाट २३ लाख ५८ हजार १ सय ८८ खुद नाफा भएको छ ।अझै २ देखि ३ लाख प्रतिबद्धता गरेको रकम आउन बाँकी रहेको उनले बताए ।यो रकम पूर्व प्रतिबद्धता बमोजिम इलम प्रशिक्षण केन्द्रको व्यवस्थापन र व्यवसायिक हितकोषमा खर्चने उनले जानकारी दिएका छन् ।महोत्सव मूल व्यवस्थापन समितिका संयोजक राजनदंगालले शान्तिपूर्ण रुपमा दमक महोत्सव निर्विवाद रुपमा सम्पन्न भएको जनाए ।महोत्सवले दमकमा नयाँ आयाम ल्याएको जनाउँदै सबैलाइ धन्वाद दिए ।महोत्सवको समयमा चोकमा सजावटका लागि राखिएकागमला तथा फूल नउठाइने समेत वाणिज्य संघले जनाएको छ ।यसैगरी दमक बजार तथा चोकमा वाणिज्य संघले डष्ट बिनको समेत व्यवस्था गर्ने भएको छ ।महोत्सवको समयमा ल्याइएका डष्ट बिनहरु चोक तथा बजारमा राखिने तयारी भएको बाणिज्य संघका द्वितीय उपाध्यक्ष युवराज घिमिरेले बताए । उनले यो सरसफाईका लागि संघको योगदानको रुपमा अघि बढाइने उल्लेख गरे ।संघको पत्रकार सम्मेलनको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले गरेका थिए भने तृतीय उपाध्यक्ष तारा अधिकारी लगायतका संघकासबै सदस्यको सहभागिता थियो ।शुक्रबार नै महोत्सव मूल व्यवस्थापन समितिसहितका सबै उपसमितिहरु विघठ्न गरिएको पनि जानकारी दिइएको छ ।

Comments

comments

Read More