पाँचथरमा टयाक्टर दुर्घटनामा दुईको ज्यान गयो

 २० माघ, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरको हिलिहाङ गाँउपालिका–७, भारपा स्थित सल्लेरी बजार छेउमा ट्याक्टर दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएकाे प्रहरीले जनाएको छ ।ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम जाँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्गा– ४ का भुपेन्द्र दर्जी र श्रीजङ्गा–२ का कमल भट्टराईको घटनास्थलमै ज्यान गएको हो ।सोही घटनामा परि घाइते भएका ताप्लेजुङ सान्थाक्राका समिर शेर्पालाइ भने उपचारका लागि पाँचथर लगिएको छ ।

Comments

comments

Read More