लागूऔषधसहित झापामा तीन युवक पक्राउ

 २१ माघ ,झापा । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दमक नगरपालिका–१ का १९ वर्षीय प्रवीण तामाङ, कमल गाउँपालिका–३ का २४वर्षीय चक्रबहादुर माबो र शिवसतासी नगरपालिका–३ का २९ वर्षीय प्रदिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकोछ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएका प्रहरीले टोलीले उनीहरुलाई मेची भन्सार मुलगेट र जोरसिमल चेकपोष्ट नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।उनीहरुको साथबाट लागुऔषध डाइजेपाम ४२ एम्पुल,लुपिजेसिक ४२ एम्पुल र फेनारागन ४२ एम्पुल बरामद गरिएको छ ।पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।पछिल्लो समयमा पूर्वी नाका काकँरभिट्टाबाट लागुऔषध भित्र्याउने र सेवन गर्ने बढेसँगै प्रहरीले सक्रियता बढाएको छ ।

Comments

comments

Read More