हेटौंडा ३ नम्बर प्रदेशको राजधानि उपयुक्त छ

हेटौंडा,२२ माघ । नेपाल सरकारका सिंचाई मन्त्री सञ्जय गौतमले एक कार्याक्रमको बिच हेटौडा ३ नम्बर प्रदेशको राजधानि उपयुक्त रहेको बताउनुभएको छ । हेटौंडाको विषयलाई लिएर खासै टाउको दुखाउन नपर्ने मन्त्री गौतमको धारणा रहेको थियो ।

दिब्य तारा सहकारीको २० औं वार्षिकउत्सवको अबसरमा रेडियो मकवानपुरले हेटौंडामा गरेको सामुदायिक सम्मान कार्याक्रममा बोल्दुहुदै मन्त्री गौतमले हेटौंडा ३ नम्बर प्रदेशको राजधानिको लागि हरेक तवरले उपयुक्त रहेको बताउनु भएको हो । भौगोलिक दुरीको आधारमा मात्रै केन्द्रीत गरेर खण्डण गर्नु गलत रहेको बताउनु भयो । हेटौंडामा आवश्यकिय भौतिक श्रोत साधन र प्रशाषकिय कार्यालयहरुको पहुच रहेको कारणले गर्दा पनि राजधानि हुनको निम्ती उपयुक्त रहेको बताउनु भयो । हेटौंडाकमा अन्य बिबिध कुराहरुको पहुच रहनुका साथै देशकै ठुलो औद्योगिक क्षेत्र हेटौंडामा नै रहेकोले अस्थायी बाट स्थायि हुन कुनै अप्ठ्यारो नरहेको बताउनु भयो ।

मन्त्री गौतमले नेपाली कांग्रेस सदैब जनताको ईच्छा अनुसार चल्ने पार्टी भएकोले अबको अबस्थामा बलियो प्रतिपक्षको रुपमा रहने बताउनु भयो । सरकारमा नरहेता पनि प्रतिपक्षमा नै बसेर जनताको मुद्दालाई सम्बोधन गर्न लागि परिरहने समेत बताउनु भएको थियो । ईतिहासमा नेपाली कांग्रेसले देश र जनताको निम्ती निभाएको भुमिकालाई सम्झेर अब बन्ने सरकारले ब्यबहार गर्नु पर्ने बताउनु भयो । वर्तमान अबस्थामा मुलुकमा बाम गठबन्धनको चाम रहेको कारणले आफुहरु बाम गठबन्धन एक भएको ईच्छा रहेको बताउनु भयो । नेपाली कांग्रेस प्रतिपक्षमा रहेता पनि सरकारले सकरात्मक र रचनात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । त्यसैगरी मन्त्री गौतमले सहकारीको विषयमा बोल्नुहदै देश बिकासको सहयोगि हात भनेको नै सहकारी रहेको बतायनु भयो । देश बिकासको गतिमा अगाढी बढ्नलाई सानासाना सहकारीहरुलाई पनि राज्यले उचित साहयता दिएर अगाढी बढाउनु पर्नेमा जोड दिनु भयो ।

Comments

comments

Read More