आइएमई जनरल इन्स्योरेन्सले गर्यो दमक, इटहरी र मोरङमा शाखा विस्तार

Esarokar समाचार

२२ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप झापाको दमक, सुनसरीको इटहरीमा शाखा विस्तार गरेको छ। त्यस्तै मोरङको विराटचोकमा उपशाखा विस्तार गरेको छ। इन्सुरेन्सले सोमबारबाट थप दुई वटा शाखा र एक उपशाखा विस्तार गरि कारोबार सुरु गरेको हो। अब इन्सुरेन्सका २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट कारोबार हुने संचालक प्रतापजंग पाण्डेले बताए। उनले केही समयमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा कारोबार सुरु गर्ने बताएका छन्। पाण्डेले बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन देशभर शाखा विस्तार गरिसरल र छिटो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए। आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ४३ कारोड रुपैयाँ बीमा शुल्क उठाएको छ।

Comments

comments

Read More