विद्यार्थीको मृत्यु भएपछि पोखरा तनावग्रस्त

Esarokar समाचार

२३ माघ , पोखरा । गाडीको ठक्करले पृथ्वीनारायण क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन्। लापरबाहीपूर्वक ढकालको ज्यान लिएको भन्दै नेविसंघ समर्थित विद्यार्थीले मंगलबार बिहानैदेखि क्याम्पस क्षेत्र बगरमा तोडफोड र ढुंगामुढा गरेपछि तनाव भएको छ। सोमबार ग १ख६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष बोधराज ढकालको मृत्यु भएको थियो। त्यसैको ओक्रोशमा मंगलबार बिहान क्याम्पस अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका विद्यार्थीसँग प्रहरीको घम्साघम्सी भएको थियो। कतिपय गाडीतोडफोड हुनुका साथै विद्यार्थी घाइतेसमेत भएका छन्।प्रहरीले तोडफोड र ढुंगामुढामा उत्रिएको भन्दै ११ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थीलाई ठक्कर दिएको गाडी र त्यसका चालकलाई प्रहरीले सोमबारै समातेको थियो। विद्यार्थीढकालको उपचारको क्रममा मृत्यु भएको थियो।गाडीले जानाजानै विद्यार्थीलाई ठक्कर दिएको हुँदा चालकलाई सवारी ऐनअनुसार नभई ज्यान मार्ने उद्योगमा कारबाही गरिनुपर्ने माग रहेको नेविसंघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष दीपक शर्माले बताए।

Comments

comments

Read More