पानी सर्केर रामचन्द पौडेलका ज्वाईको निधन ।

Esarokar समाचार

२३ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका ज्वाई माधब खनालको निधन भएको छ । खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको बताइएको छ ।चितवन पुलचोक निवासी खनालको घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल प्रेसर र सुगरको भने विरामी रहेको बताइएको छ ।पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल पुर्याएपनि उनलाई त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए। ४८ बर्षिय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए।ज्वाँईको निधनको खबरपछि पोखरामा पार्टीको काममा गएका रामचन्द्र पौडेल चितवन आउने भएका छन्। मृतक खनालका छोरा विदेशमा अध्यनरत छन्। छोरा आएपछि मात्र अन्त्यष्ठी गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

Comments

comments

Read More