सम्बन्ध विच्छेद नगर्दा धनुषामा २० वर्षे युवतीलाई जिउँदै जलाइयो ।

Esarokar समाचार

२४ माघ , धनुसा । सम्बन्ध विच्छेद गर्न नमानेको भन्दै धनुषामा एक युवतीलाई जिउँदैआगो लगाएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । हजाराको टाउकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।हजरा क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरका स्थानीय अलिशेख कवारीका २४ वर्षका छोरा रसिद राइनकी श्रीमती हुन् । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारको लागि अस्पताल पठाएको थियो । घटना स्थलाबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना गएको शनिबार बिहान ९ बजेको हो।माइतीपक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केरजीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।हजराकी आमा जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिनुभएको प्रहरीले जनाएको छ । तर प्रहरीले हालसम्म हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार छिमेकहरुले हजरा आफैले आगोलगाएको बताएका छन् ।तर हजराका बुवा सकुर राइनले परिवारकै सबै जना मिलेर छोरीलाई जलाएर मार्ने प्रयास गरेको र छोरी होसमा आएपछि आफूलाई सबै कुरा सुनाएको बताउनुभयो ।

Comments

comments

Read More