झापामा सम्बन्ध बिच्छेदको धेरै मुद्दा

Esarokar समाचार

२४ माघ , झापा । जिल्ला अदालत झापामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ । अदालतमा चालु आर्थिक वर्षको २३ माघसम्ममा सम्बन्द बिच्छेदका ३ सय ७५ वटा परेको छ । अघिल्लो आर्थिक वर्ष जिल्लामा कुल ६ सय ७१ वटा सम्बन्ध बिच्छेदका मुद्दा परेको थियो ।‘यहाँ त सम्बन्ध बिच्छेदकै मुद्दा बढी आउँछन्,’ अदालतका शाखा अधिकृत एवम् निमित्त श्रेस्तेदार ईन्द्रकुमार योङहाङले भने, ‘न्यायमा महिलाको पहुँच छैन भन्ने ठाउँ नै छैन, सम्बन्ध बिच्छेदका मुद्दा लिएर महिला नै बढी आउँछन्, पहिले मंगोल वर्गका बढी थिए, अहिलेचाहिँ क्षेत्री–बाहुन नै बढी आउँछन् ।’चालु आर्थिक वर्षमा अदालतको लक्ष्यअदालतले कार्ययोजना बनाएरै काम सम्पन्न गर्ने गरेको योङहाङले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको १ हजार ६ सय ३९ वटा जिम्मेवारी यस आर्थिक वर्षमा आएर थपिएको छ ।यस आर्थिक वर्षमा २ हजार ७ सय ९३ वटा नयाँ मुद्दा पर्ने अदालतको अनुमान छ । थपिएको जिम्मेवारीसमेत गरी चालु आर्थिक वर्षमा ४ हजार ४ सय ३२ वटा मुद्दा पर्ने सम्भावना रहेको योङहाङले बताए । अदालतले यस आर्थिक वर्षमा २ हजार ८ सय ८१ (६५ प्रतिशत) मुद्दा फर्च्योट गर्ने लक्ष्य लिएको छ ।यस्तो छ यथार्थअदालतमा पुस मसान्तसम्ममा १ हजार २ सय १८ वटा नयाँ मुद्दा परेको छ । अघिल्लो आर्थिक वर्षबाट आएको जिम्मेवारीसमेत जोड्दा कुल २ हजार ८ सय ५७ वटा मुद्दा परेको देखिन्छ ।यस आर्थिक वर्षको साउनमा २ सय १५, भदौमा २ सय ८,असोजमा १ सय ७४, कात्तिकमा २ सय २५, मंसिरमा १ सय ६९ र पुसमा २ सय २७ वटा मुद्दा परेको शाखा अधिकृत योङहाङले जानकारी दिए ।अदालतले साउनदेखि पुससम्ममा १ हजार १ सय ४३ मुद्दा फर्च्योट गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ६ सय ८८ मद्दा (६० प्रतिशत) मात्र फैसला भएको छ ।निरन्तर सुनुवाइका ६७ मुद्दामध्ये ८ वटा फर्च्योट भएको छ । थुनुवा मुद्दाका १ सय ९५ मध्ये १९ वटा मात्र फैसला भएको अदालतको तथ्यांक छ ।बाल इजलासबाट हेरिने २ वटा मुद्दामध्ये २ वटैको फैसला बाँकी छ । मेलमिलापअन्तर्गत २७ वटामध्ये ५ वटा मेलमिलाप भएको छ । ९ वटा मेलमिलाप हुन नसकेर फिर्ता पठाइएको र १३ वटा मेलमिलापको प्रक्रियामा रहेको योङहाङले जानकारी दिए ।अदालतले ५ हजार १ सय २४ वर्ष ४ महिना २ दिन कैदसजाय सुनाउनु पर्नेमा २ सय ८९ वर्ष ५ महिना २०दिनको मात्र फर्च्योट भएको छ । २६ करोड ९९ लाख३५ हजार ६ सय १ रुपैयाँ २९ पैसा लगत संकलन गर्नुपर्नेमा अदालतले १ करोड २४ लाख ६६ हजार २ सय २६ रुपैयाँ १२ पैसा फर्च्योट गरिसकेको छ । २५ करोड ७४ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ १८ पैसा बाँकी रहेको योङहाङले बताए ।अदालतले विशेष अभियानबाट ९६ वर्ष ८ महिना १६ दिन कैद गरी १ करोड २४ लाख ६६ हजार २ सय २६ रुपैयाँ ११ पैसा असुलीसमेत गरेको छ ।

Comments

comments

Read More