‘मुख मैथुन’ गर्न बाध्य पारेको भन्दै मेनुकाले आफ्नै श्रीमानको हत्या

ललितपुर माघ २४

‘मुख मैथुन’ गर्न बाध्य पारेको भन्दै मेनुकाले आफ्नै श्रीमानको हत्या गरिन

ललितपुरको फर्सिडोलमा श्रीमान–श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका–८ स्थित डुकुछाप खोलाखेत फर्सिडोल बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् ।हत्यामा संलग्न भएको आशंकामा मेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नामा संलग्न मेनुका रायमाझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले जानकारीदिए । बिहीबार राती करिब ३ बजेतिर मेनुकालेघाँटीमा डोरीले कसेर सानुभाईको हत्या गरेकी थिइन् । प्रहरीले बिहान ५ बजे सुचना पाएसँगै मेनुकालाई नियन्त्रणमा लिएको थियो ।सानुभाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली ठेल्ने काम गर्थे । पछि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेर भर्खरै नेपाल फर्किएका थिए ।

सानुभाई निकट स्रोतका अनुसार विदेशबाट फर्केपछी श्रीमती अर्कैसँग लागेको भन्दै उनले आफ्ना साथिभाईसँग कुरा गर्न थालेका थिए ।यहि विषयमा उनीहरुको झगडा भईरहन्थ्यो । सानुभाईको एक साथीका अनुसार विदेशबाट फर्किएपछि सानुभाईले श्रीमतीलाई ‘मुख मैथुन’ र ‘गुदा मैथुन’ गर्न बाध्य पारेका थिए। बिहीबार राती पनि झगडा परेपछि सानुभाई आफैंले डोरी ल्याएर घाँटीमा लगाएका थिए । श्रीमतीले डोरी तान्ने क्रममा उनको मृत्युहुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

Comments

comments

Read More