महिला शौचालयमा भिडियो खिच्न खोज्ने सुन्धाराबाट पक्राउ

२४ माघ, काठमाडौं: महिला शौचालयमा प्रवेश गरी भिडियो खिच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती–८ का रमेश श्रेष्ठ छन् ।बुधबार बिहान साढे ८ बजे सुन्धारास्थित एक मलको महिला सार्वजनिक शौचालयमा प्रवेश गरी लुकिछिपी मोबाइलबाट भिडियो खिच्न खोजेको पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् ।पीडित महिला नेपाल सरकारको अधिकृत तहको कर्मचारी भएको स्रोत बताउँछ ।महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहन थापाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान सुरु भएको छ ।

Comments

comments

Read More