सबिन र निशाले हात पारे ५ किलोमिटर दौडको उपाधि

हेटौंडा,२५ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको सप्ताहाब्यापी खेलकुद कायाक्रम अन्तरर्गतको ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि सबिन भोलन र निशा कट्टेलले हात पारेको छ ।

बिहिबार बिहान साढे आठ बजे सुरु भएको दौड प्रतियोगिता मकवानपुर बहुमुखी क्याम्पस देखि तिरतिरे धार सम्म र सोही धाराबाट क्याम्पस सम्म प्रतियोगिहरुले दौडेका थिए । दौडमा पुरुष तर्फ बिबिएस पहिलो वर्षमा अध्ययनरत सबिन भोलोन प्रथम हुनुका साथै दुर्गाराज भोलोन,बलराम रेग्मी,रोषण सुनार,सुरेश कुमार यादब क्रमश द्दितिय,तृतिय,चौथो र पाचौ भएका छन् । त्यसैगरी महिलातर्फ भने जम्मा दुईजनाले भाग लिएको कारणले गर्दा बिएड दोश्रोे वर्षमा अध्ययनरत निशा कट्टेल पहिलो हुनुका साथै अनिता बर्तौला दोश्रो भएकी छिन् । प्रतियोगितामा महिला पुरुष दुबैतर्फको गरी जम्मा ३४ जनाले सहभागिता जनाएको थियो ।

५ पिलोमिटरको दौड संगै दुई सय मिटरको फास्ट दौड पनि आज दिउसो ४ बजे हुन दौड प्रतियोगिताको संयोजक सुदन बिश्वकर्माले जानकारी दिएका छन् । दौड प्रतियोगिता कार्याक्रममा स्ववियु अध्यक्ष कुमार बहादुर केसी,सचिव आकाश अधिकारी,सदस्य देवराज गौतम,सुजन ढकाल,बालकृष्ण दाहाल लगाएतको उपस्थिति रहेको जनाएको छ ।

Comments

comments

Read More