मोरङमा पहिलो पटक भुई स्याउको व्यवसायिक खेती शुरु

Esarokar समाचार

२५ माघ । गोपालप्रसाद पोख्रल,विराटनगर निर्वाहमुखीलाई छोडेर ब्यावसायिक खेती गर्ने हो भने पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने छैन । त्यसैको उदाहरण बन्नेका छन । , मोरङको पहाडी गाउँ केराबारी–२ (साविक सिंहदेवी ५)का ५५ वर्षीय नारायण राई । पछिल्लो समय उहाँले भुई स्याउ (ग्राउण्ड एप्पल)को ब्यावसायिक खेती सुरु गरे ।जिल्लामा पहिलोपटक ५ रोपनी जग्गामा परीक्षणको रुपमा खेती सुरु गर्नु भएका राईले गत वर्ष मात्र ७० हजार रुपैयाँको भुईं स्याउ बेच्नुभयो । घर मै खरिद गर्न पुगेकालाई प्रतिकेजी ७० रुपैयाँका दरले बिक्री गरेको बताउँदै राईले भने,‘मधेशको बजारमा पुर्याउँदा प्रति केजी दुई सय रुपैयाँ सम्ममा बिक्री भयो । भूईस्याउकोमाग बढेपछि उनले यो बर्ष १० रोपनीमा बालीलगाएका छन ।राईकी पत्नी बीना खजुमले भनिन्,‘भूईस्याउलाई मल पुर्याउँन गाह्रोभयो । सडक विकट छ, गोवर मलले मात्र उत्पादन लिन समस्या भयो ,रासायनिक मल गाउँ सम्म पुर्याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन । प्रति बोट १० देखि १५ केजी सम्म उत्पादन हुने भुईस्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ ।नारायण राई यतिबेला दुई चार पैसा कमाउनेमा मात्र होईनन । गाउँ , जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमुना बन्ने सपना बुनिरहेका छन । त्यसो त कृषि ब्यवसायमा लगाएको राईको प्रारम्भिक पुँजी स्वदेशमा कमाएको होइन । ११ वर्ष ओमानमा पसिना बगाएर कमाएको सिरिखुरी सबैसम्पत्ति उहाँले कृषि कर्ममा लगाएका छन । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङकोखोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि ब्यावसायबाटै ५० बढीलाई रोजगार दिएका छन ।गाउँमा कोही जग्गा बेच्ने भए भने राई नै किनीदिन्छन । भन्छन– सबै सुख खोज्न तराई झरिरहेका छन् । म यही सुख खोजिरहेको छु । उहाँको जग्गामा चिया मात्र छैन् । कफि खेती पनि सुरु गरेका छन ।कागती तथा सुन्तला जातको समेत खेती थालेका भन्छन,धान बाहेक यो भूगोलमा सबै खेती गर्न सकिने रहेछ ।उनले अम्लिसो,अदुवा पनि झण्डै सय रोपनीमालगाएका छन । उनिभन्छन,‘ ‘राज्यले सडक,सञ्चार र सुरक्षाको प्रत्याभुति गर्ने हो भने सिंहदेवी मोरङको मात्र होइन , नेपाल कै नमुना कृषि उद्यमको गाउँ बन्न सक्छ ।

Comments

comments

Read More