बक्तृत्वकलामा शुस्मा प्रथम

हेटौंडा,२५ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्वसबको अबसरमा बिबिध कार्याक्रमहरु विगत एकशाता देखि स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा हुदै आईरहेको छ । जसमध्ये आज बिहिबार भएको बक्तृत्वकला प्रतियोगितामा बिबिएस दोश्रो वर्षमा अध्ययनरत शुस्मा पुडासैनी प्रथम भएकी छिन् ।

कार्याक्रममा वक्ताहरुले राष्ट्रियता को जगेर्नामा विद्यार्थीको भूमिका भन्ने विषयमा आफ्नो भनाई राखेको थियो । बक्तृत्वकला प्रतियोगितामा बिस जनाले सहभागिता जनाएको थियो । कार्याक्रम संयोजक देवराज गौतमले जानकारी दिए अनुसार सुस्मा पुडासैनी प्रथम हुनका साथै सरोज राक्से ठकुरी,बिक्रम घलान,शिवजी चौहान र मणीराज गीरी क्रमश द्दितिय तृतिय,चौथो र पांचौ भएको बताएको छ । कार्याक्रममा निर्नायकको भूमिकामा प्राध्यापक द्वय ईश्वरी प्रषाद पोख्रेल,रामजी न्यौपाने रहेको थियो । कार्याक्रममा स्ववियु सभापती कुमार बहादुर केसी,सचिव आकाश अधिकारी,सदस्य सुजन ढकाल,सुदन बिक,बालकृष्ण दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियको आयोजनामा भैरहेको सप्ताहाब्यापी बिबिध कार्याक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीको उल्लेख्य सहभागिता हुदै आईरहेको स्ववियु अध्यक्ष कुमार बहादुर केसीले बताउनु भएको छ । आजैमात्र बिहान ५ किलोमिटरको दौड प्रतियोगिता हुनुका साथै क्रिकेटको फाईनलमा प्रवेश गर्नको लागि चार समुह बिचमा खेल भैरहेको जनाएको छ ।

Comments

comments

Read More