प्रधानमन्त्री निवास, बालुवाटारमा कार्यसमितिको बैठक बस्ने ,देउवाको राजीनामा पनि हुने

काठमाडौं, २६ माघ l नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाइएको बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुनेछ ।
बैठकमा नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाको राजीनामा, नयाँ सरकार गठन,प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने हरुको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुनेछ ।

Comments

comments

Read More