महिला ओछ्यानमै मृत भेटिइन्, श्रीमान् पक्राउ

 भक्तपुर, माघ २६ – चाँगुनारायण नगरपालिका ६ खरीपाटीमा शुक्रबार एक महिला ओछ्यान मै मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोकको साँगाचोक स्थायी घर भएर खरीपाटीमा टहरा बनाएर बस्दै ज्यामी काम गर्दै आएकी ३० वर्षकी पुतली तामाङ्गको शव ओछ्यानमा भेटिएको हो ।उनी राति श्रीमान पंचे तामाङसँगै सुतेकी थिइन् । तामाङले सँगै सुतेकी श्रीमती विहान ८ बजेसम्म पनिनउठेपछि हेर्दा ओछ्यानमै मृत्यु भैसकेको तामाङलेप्रहरीलाई बताउनुभयो ।प्रहरीले भने हत्या आशंकामा पंचे तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

Comments

comments

Read More