मृगौलाको समस्याबाट ग्रस्त जलजलाले पाइन् सहयोग

२६ माघ , मोरङ। प्रथम दलित सगरमाथा आरोही विजय घिमिरेद्वारा सोलुखुम्बुमा सन्चालित विजय घिमिरे प्रतिष्ठानले मृगौलापीडित दलित युवतीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानले दुवै मृगौला फेल भएकी अर्घाखाँचीको ढाकावाङ्ग गाउँपालिका-८ घर भएकी जलजला परियारलाई उपचारका लागि ५३ हजार दुई सय पचास रुपैयाँको सहयोग राशि हस्तान्तरण गरेको हो ।काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई प्रतिष्ठानका संरक्षक तथा प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले सहयोग रकम प्रदान गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममानेपाली कांग्रेसका कान्छा महाधिवेशन प्रतिनिधि एवम् प्रतिष्ठानका सल्लाहकारराजु सुनारलगायतका व्यक्तिका साथै संचारकर्मीको पनि उपस्थिति थियो । पीडितपरियार एक प्रतिभाशाली कलाकार हुन् ।नेपाली सांगीतिक क्षेत्रमा चर्चित रियालिटी शो नेपाली ताराको तेस्रो संस्करणमा उनी उत्कृष्ठ ६ सम्म पुग्न सफल भएकी थिइन् । संगीतमा रहेको लगावकै कारण हाल उनी शास्त्रीय संगीतलाई नै अध्ययनको विषय बनाएर भारतको कलकत्तास्थित रवीन्द्र भारती विश्वविध्यालयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् ।

Comments

comments

Read More