कैदी भगाउने प्रहरी हवल्दार जेलमा  

कैदी भगाउने प्रहरी हवल्दार जेलमा  

 

२७ माघ कारागार मोरङ विराटनगरमा आगुऔषध कारोबार मुद्दामा कैद भुक्तान गर्दै आएका उर्लाबारी–७ काउमेशकुमार चौधरीलाई भगाउन सहयोग गरेको आरोपमा कारागारकै प्रहरी हवल्दार अशोककुमार शाह जेल चलान भएका छन् ।मोरङ प्रहरीले हवल्दार शाहलाई कारगार ऐनअन्तर्गत कैदी भगाएको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि मोरङ कारागार चलान गरेको हो । मोरङका एसपी अरुण बिसीले संगठनको आचारणविपरीत काम गरेकाले हवल्दार शाहलाई जेल पठाएको र कारागारको कमान्ड गर्ने असई हरिबहादुर कार्कीलाई निलम्बन गरेको बताए ।मोरङ कागारमा तीन वर्षदेखि कैद भुक्तान गर्दै आएका कैदी चौधरी आँखाउपचार गर्ने बहानामा १५ माघमा कारगारबाट हवल्दार शाहको रोहबरमा बाहिर आएका थिए ।बाहिर आएपछि अस्पतालनजिकैको लजमा कोठा भाडामा लिएर एक युवतीसँग कैदी चौधरीले यौन प्यास मेटाएका थिए । चौधरीले यौन प्यास मेटाएपछि साथमा गएका हवल्दार शाहलाई पनि यौनसम्पर्क गर्न भित्र पठाएका थिए ।प्रहरी हवल्दार भित्र गएको मौकामा उनी भने भागेका थिए ।फरार चौधरी १० दिनपछि पक्राउप्रहरी हवल्दारलाई झुक्याएर भागेकाकैदी चौधरीलाई मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी २५ माघमा काठमाडौंबाट पक्राउ गरेको छ । कैदी चौधरीले पाँच वर्ष कैद सजाय पाएका थिए । उनले अझै दुई वर्ष कैद सजाय भुक्तान गर्न बाँकी नै छ ।

Comments

comments

Read More