अपमानित हुँदै प्याब्सन खेल स्थगित माघ -२७ गौरिगन्ज झापा

अपमानित हुँदै प्याब्सन खेल स्थगित
माघ -२७ गौरिगन्ज झापा

सान नेपाल गौरादह प्याब्सन खेलकुदमा आयोजक बिधालय द्वारा आमन्त्रित बिद्यालयका प्रतिनिधिहरुमाथी अभद्र व्यवहार भएकोछ । भलिबल र एथलेटिक्सको खेलहरु सञ्चान गर्ने अख्तियारी प्राप्त गरेको ज्ञानोदय मा वी गौरिगन्जका सञ्चालक द्वारा अभद्र व्यबहार भएको हो । आयोजक बिधालय द्वारा गैर विद्यार्थीलाई भलिबल खेलाउनको लागि सिफारिस गरेर मैदानमा छिराएपछी परिस्थिति नियन्त्रण भन्दा बाहिर गएको थियो । बिद्वोदय शिशु सदन र आयोजक बिधालय ज्ञानोदय बिच भएको खेलमा आयोजक बिधालयले अनधिकृत खेलाडी मैदानमा भित्र्याए पछि बिध्योदय मा वी गौरादहबाट प्रतिनिधित्व गरिरहेका शिक्षकले समस्या समाधान नगरेसम्म आफ्ना खेलाडीले खेल नखेल्ने बताउनुभएको थियो ।ज्ञानोदयकी सञ्चालिका तथा पृन्सिपल कल्पना थापाले आमन्त्रित पाहुनाहरुलाइ कडा शब्दमा भन्नुभयो- “तपाईंहरु खेल आयोजना गर्न नसक्ने र मेरो विद्यालयमा आएर हामीले बनाइदिएको नियम र निर्देशनमा खेल खेल्न नमान्ने हो भने मैदान छोडेर गए हुन्छ , नियम बनाउनेलाइ थाहा छ नियम बनाउन कति गार्हो छ भनेर”प्याब्सनका आमन्त्रित प्रतिनिधिहरुले खेलको निरन्तरताको लागी छलफल गर्ने बताइरहदा ज्ञानोदय मा वी का पुर्व पृन्सिपल तथा गौरिगन्ज गाउँपालिकाका बर्तमान उपाध्यक्ष (जनप्रतिनिधि) समेत रहेका दिपेन्द्र थापाले गाली गलौज गर्दै भन्नुभयो – “मेरो घरमा आएर झगडागर्ने तिमीहरूको हौ ? ” उजुरी परेता पनि मेरो विद्यार्थीले खेल्न पाउछ ! प्याब्सनका धेरै खेलहरु मैले पनि देखेको छु ।”समस्या एउटा विद्यार्थीमाथी गरिएको उजुरी मात्रै भएको भएता पनि आयोजक विद्यालयले आफुहरुको अपमान गरेको बताउदै सबै जसो विद्यालयका शिक्षक प्रतिनिधिले बिरोध गरिरहेका थिए । त्यसै बेला ज्ञानोदय मा वी (खेल आयोजक बिधालय ) का सञ्चालकहरु दिपेन्द्र थापा रकल्पना थापा कसै संग बिदा समेत नमागी अकस्मात बिधालय बाट बाहिरिनु भयो । वहाँहरु बाहिरिए पश्चात् कार्यक्रमले निरन्तरता पाउन नसक्ने देखिए पछि सबै बिधालयका खेलाडी तथा दर्शक र शिक्षक प्रतिनिधिहरु घर फर्कन बाध्य भएका थिए । सन्जय काफ्ले ज्ञानोदय मा वी बाट २०७३ सालमा एसएल सी दिएका विद्यार्थीहुन । उनको प्रमाणपत्र परिक्षण गर्दा हाल ऊनी कमल गाउँपालिका रंगपुरमा रहेको कृषि क्याम्पसमा जे टि ए अध्ययन गर्दै गरेको प्रमाणित भए पछि शुक्रबारकै खेलखेलबाट उनलाइ खेल खेल्न बन्चित गरिएको थियोे । प्याब्सन जस्तो गरिमामय संस्थाले आयोजना गरेको खेलकुदमा भएको व्यक्तिबादी चरीत्रलाई आम दर्शकहरू र खेलाडी भाइ बहिनीहरुले कुन रुपमा हेर्लान ? – गोल्डेन सनराइजका प्र.अ. प्रती प्रश्न गर्नुहुन्छ । माउन्ट एभरेष्ट मा वी का शिक्षक सन्जिब कार्की होस्ट बिधालयको अत्यन्तै निन्दनीय कार्यको भत्सर्ना गर्नुपर्ने बताउनुहुन्छ ।माउन्ट एभरेष्टकै शिक्षक सुभाष पाण्डेको भनाइ वहाँकै शब्दमा – हिजो स-साना बच्चाको लागी आयोजना गरिएको बेलुन ब्लास्ट प्रतियोगितामा कल्पना थापा मेडमले हामीलाई निन्दनीय गाली गलौज गर्दै हप्काउनु भएको थियो । हिजै भएको फूटबल खेलमा प्रोटेस्ट हाली रहदा पनि आयोजक बिधालयकी पृन्सिपल कल्पनाजीले म लगायतका सबै साथीहरूलाई औलो ठ्ड्याउदै अपमानित तवरले गाली गलौज गर्नुभयो र आज त श्रीमान/श्रीमती दुबै जना बाट झन्डै झापडनै खानु पर्यो ।कल्पना थापाले अन्य बिधालय माथी खेल आयोजना गर्न नसक्ने र हरेक बर्ष आफुलाइ मात्र दुख दिनेगरेको गुनासो गर्नुहुन्छ । यश सम्बन्धमा देवकोटा मा वी का प्रधानाध्यापक तथा प्याब्सन प्रतिनिधि जनर्दान ढकाल भन्नुहुन्छ – ” कल्पनाजी लाई त्यस्तो लागेको होला । प्याब्सन खेलकुद प्रतियोगितामा धेरै प्रकार खेलहरु समाबेश गरिएका छन । एउटा मात्र बिधालयले सबै खेल आयोजना गर्न सक्दैन । ८ नं. क्षेत्रमा पर्ने बिधालयहरुले बाडफाड गरेर खेलहरु खेलाइएको छ । ज्ञानोदयलाइ मात्र बोझ बोकाइयो भन्ने कुरामा प्याब्सन सहमत छैन ।यसै बिच गौरिगन्ज गाउँपालिका उपाध्यक्षदिपेन्द्र थापाको बारेमा थप तथ्य सार्बजनिक भएको छ । गत स्थानीय निर्वाचनको मनोनयनको लागि वहाँले विद्यालयको प्रधानाध्यापक बाट राजीनामा दिनु भएको हो । तर सोचनिय कुराके भने वहाँ झापा प्याब्सन क्षेत्र नं. ८ को संयोजक पदमा अझै पनि कृयासिल हुनुहुन्छ । प्याब्सन रिलेटेड जिल्लाकाविभिन्न गतिविधिमा वहाँको सक्रिय उपस्तिथि रहेकोे पाइन्छ । निर्वाचित जनप्रतिनिधि बाट प्याब्सन को पबित्र खेल महोत्सवमा गरिएको अभद्र व्यबहारलाइ गम्भीरता साथ लिइनुपर्ने ज्ञान ज्योति मा बी का प्रधानाध्यापक श्याम दाहाल बताउनुहुन्छ ।

Comments

comments

Read More