अरुण तेस्रो आयोजनामा बम विस्फोट

 संखुवासभा, २८ माघ । अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम बिस्फोट गराएका छन् ।संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बमविस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । दुई वर्ष अघि पनि उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए ।

Comments

comments

Read More