ब्याटमिन्टनमा प्रज्वल र प्रकृति प्रथम

हेटौंडा,२९ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सप्ताहब्यापी बिबिध कार्याक्रम अन्तरर्गतको ब्याटमिन्टन प्रतियोगितामा प्रज्वल कुमार मण्डल र प्रकृति आचार्य प्रथम भएको छ ।

सोमबार बिहान भएको फाईनल खेलमा पुरुष तर्फ प्रज्वल कुमार मण्डलले सुरज भट्टराईलाई हराउदै ब्याटमिन्टनको उपाधि जितेको हो । त्यसैगरी महिला तर्फको खेलमा प्रकृति आचार्यले श्वेता श्रेष्ठलाई पछि पार्दै जित दर्ता गरेको हो । पुरुष तर्फको खेलमा सुरज भट्टराई र सोमीत बुढाथोकी क्रमश द्धितिय र तृतिय भएको छ ।

त्यसैगरी महिला तर्फको खेलमा श्वेता श्रेष्ठ र रिना शर्मा क्रमश द्धितिय र तृतिय भएकी छिन् । ब्याटमिन्टन प्रतियोगिताको संयोजन स्ववियु सदस्य सुदन बिकले गर्नुका साथै कार्याक्रममा स्वबियु अध्यक्ष कुमार बहादुर केसी,उपाध्यक्ष शिशिर पराजुली,सचिब आकाश अधिकारी,सह सचिब शुभराज भोम्जन,सदस्य सिुजन ढकाल,बालकृष्ण गौतम,आशिर रौनियार लगाएतको उपस्थिति रहेको थियो । त्यसैगरी क्याम्पसको खेल मैदानमा क्वाटरफाईफाईनल प्रवेशका लागि फुटबल भैरहेको छ ।

Comments

comments

Read More