प्रदेश नं १ ले भोलि मुख्यमन्त्री पाउँदै, को-को हुदैँछन् मन्त्री?

प्रदेश नं १ ले भोलि मुख्यमन्त्री पाउँदै, को-को हुदैँछन् मन्त्री?

१ ले बुधबार मुख्यमन्त्री पाउने भएको छ । एमालेका शेरधन राई मुख्यमन्त्रीमा नियुक्त हुनेछन भने मन्त्रिपरिषदको आकारको समेत तयारी भईरहेको स्रोतले बताएको छ । मंगलबार सार्वजनिक बिदा हो त्यसैले प्रदेशले मुख्यमन्त्री पाएन । तर बुधबार प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताईएको छ ।को को मन्त्री हुदैछन ?जीवन घिमिरे, हिक्मत कार्की, जगदीश कुसियत र सर्वध्वज सावा मन्त्री बन्ने संभावना छ । र माओवादी केन्द्रको भागमा बढीमा दुई मन्त्रालय पर्ने छ । त्यसमध्ये एक जना ईन्द्र आङबोको मन्त्रीपक्का जस्तै छ । किनभने ईन्द्रलाई माओवादी केन्द्रले सरकारको नेतृत्वको जिम्मा दिएको छ ।किन ? मिलेन एमाले–माओवादी केन्द्रको मन्त्रालय बाँड फाँडएमाले र माओवादीको मन्त्रालयको बाँडफाँडमा बिबाद भएको छ । प्रदेश न .१ कोमुख्यमन्त्री र सभामुख एमालेले पाएपछी बाँकी रहेका मन्त्रलय रोजिछाडी पाउनुपर्ने माओवादीले मागेको छ । एमालेले मुख्यमन्त्री र सभामुख पाएकाले अब आफूहरुले मन्त्रालय रोजेर लिन पाउनुपर्ने संसदीय दलको नेतामा टंक आङबुहाङको भनाई छ । तर एमाले पनि राम्रा मन्त्रालय आफ्नै भागमा लिन खोजेको छ । एमाले स्रोतले भन्यो पावरफुल मन्त्रालय त चाँहियो नै । नत्र कसरी सरकार चलाउनु ।

Comments

comments

Read More