बाघको छालासहित दुई पक्राउ

बाघको छालासहित दुई पक्राउ

फागुन १ सुनसरी:इटहरी उपमहानगरपालिका–२ स्थित एक घरबाट बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका-२ बस्ने गणेशबहादुर गुरुङको घरको कोठाबाट बाघको छाला र नगद साढे ३ लाखसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इटहरी २ बस्ने ३५ वर्षीय श्यामबहादुर गुरुङ र इटहरी-६ बस्ने ३३ वर्षीय बिनोद देवान छन्।घरमा खानतलासी गर्नेक्रममा चोरी पैठारी गरी खरिद बिक्री वितरणको लागीलुकाइराखेको अवस्थामा छाला र नगद फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भइरहेको छ।

Comments

comments

Read More