नेपाल सरकारलाई तिर्नुपर्ने ४२ अर्ब कर नतिरेको भन्दै एनसेल माथिविप्लपको ‘बम

नेपाल सरकारलाई तिर्नुपर्ने ४२ अर्ब कर नतिरेको भन्दै एनसेल माथिविप्लपको ‘बम

esarokar  /रामेछाप । एनसेलले नेपाल सरकरलाई तिर्नुपर्ने कर ४२ अर्ब रुपैयाँ लामो समय वितिसक्दा पनि नबुझाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरु लामो समयदेखि एनसेल बिरुद्ध जाइलागी रहेका छन् ।यसैबिच रामेछापका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वसाधारणहरु मारमापरेका छन् ।रामेछापलगायत देशभरका ५ सय भन्दा बढी एनसेल टावरमा क्षति पुर्याइएको र यो क्रम जारी रहको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जन परिषद रामेछापका प्रमुख विवेक लामाले चेतावनी पूर्ण भाषामा एनसेललाई धम्की दिएका छन् ।

Comments

comments

Read More