प्रिमियर लिगमा चेल्सीको ७ अंकको अग्रता

लन्डन माघ, २ एजेन्सी मार्कोस अलन्सोको दुई गोलको सहयोगले चेल्सीले लेस्टर सिटीमाथि ३–० को रवाफिलो जित हात पारेको छ। आफ्नो स्टार खेलाडी डिएगो कोस्टाको अनुपस्थितिमा शनिवार राती किङ पावर स्टेडियममा उत्रिएको चेल्सीले जितसँगै इङ्लिस प्रिमियर लिगमा टोटेनहामसँग स्पष्ट सात अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा यथावत रहेको छ।

चिनियाँ क्लबले राम्रो अफर गरेको हल्लाका बीच खराब फिटनेशका कारण क्लबका लागि सर्वाधिक गोलकर्ता कोस्टा अनुपस्थित थिए। तर, पनि अलन्सोले कोस्टाको अनुपस्थिति खड्किन दिएनन्। उनले खेल सुरु भएको ५ र ५१ मिनेटमा गोल गर्दै साविक लिग विजेता लेस्टरको खराब डिफेन्सको पोल खोेलेका थिए। अर्को गोल पेड्रोले ७१ मिनेटमा गरे।

चेल्सीले गत सिजनको तुलनामा यसपालि अंकतालिकामा धेरै अंक जोडिसकेको छ। गत सिजन चेल्सीले ५० अंक मात्र जोडेको छ। तर, यसपालि उपाधि उन्मुख देखिएको चेल्सीले २१ खेलबाट ५२ अंक जोडिसकेको छ l

Comments

comments

Read More