इटहरी बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएकोखुलासा

  विराटनगर फागुन ५   इटहरी बलात्कार प्रकरण २५ लाखमा मिलापत्र भएकोखुलासा केही दिनअघि १४ वर्षीय बालिका बलात्कारको घटनाको नयाँ रहस्य खुलासा भएको छ ।
केही दिनअघि पक्राउ परेका घटनाका मुख्य आरोपितजीवन श्रेष्ठले प्रहरी समक्ष २५ लाख पीडित परिवारलाई दिने गरी मिलापत्र गरिएको घटना बाहिरिएको छ। उक्त घटनालाई जनप्रतिनिधि र उच्च प्रहरी अधिकृतबाटै गुपचुपमा राखिएको थियो । गत पुस १७ गते इटहरी उपमहानगरपालिका स्थित तरहराकि १४ बर्षिया बालिकालार्इ धरानका जोकम लिम्बु र बिराटनगरका मनिस भनिने जिवन श्रेस्ठले इटहरीकै रोयल रिसोर्टमा सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्न लिम्बुलाृइ प्रहरीले मुद्धा दर्ता भएकै भोलिपल्ट पक्राउ गरिसकेको छ । उक्त घटना मिलाउन पिडक पक्षमध्ये मनिष श्रेष्ठलेमात्रै ठुलै रकम लगानी गरेको प्रहरी अनुशन्धानबाट खुलेकोछ ।बलात्कारको घटना सार्वजनिक हुने डरले पिडित बालिकाको परिवारलार्इ रू २५ लाख दिएको मुख्य आरोपित मनिषले प्रहरीले समक्ष बयान दिएकाछन ।
तर पिडित पक्षले भने अहिले सम्म कतैबाट एक रूपैया पनि नपाएको दाबी गरिरहेको छ । घटना मिलापत्रमा नेपाल तरूणदल सुनसरीकासभापति सिजन गुरूङ , इटहरी उपमहानगरपालिका वाड नं २० का वडाध्यक्ष मणि श्रेष्ठ र तरूणदलकैसुनसरी उपसभापति सन्तोष बिक लगायतअन्यको प्रत्यक्ष संलग्नता देखिएको प्रहरी श्रोतले बताएको छ । बलात्कार जस्तो जघन्य अपराधलार्इ ढाकछोप गरी मिलापत्र गराउनेमा संलग्न देखिएका तरूण दल सुनसरी सभापति गुरूङ उपसभापति बिकर वडाध्यक्ष श्रेष्ठ तिनैजना फराररहेका छन ।उनिहरूको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । फरार रहेकाहरू पक्राउ परे लगत्तै थप रहस्यमय कुराहरू खुल्ने प्रहरीले बताएको छ । पिडकले २५ लाखमा घटना मिलापत्र गरिएको बताएपनि पिडित पक्षले नपाएको भन्ने बयानलार्इ मध्य नजर गर्दा फरार रहेको बिचौलियाहरूमाझ रकम घुमिरहेको अनुमान लगाइएको छ । फरार रहेका बिचौलियाहरू उपर सार्वजनिक एेन अन्तरगत मुद्धा दर्ता गरी खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य राउतले बताए ।यस अघि नै बालािका बलात्कार प्रकरणमा घटना मिलाउन दबाब दिने सुनसरीका तत्कालिन प्रहरी प्रमुख एसपी बिद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक चिरञ्जिवी दहाल निलम्बनको सिफारिसमा परिसकेका छन । पक्राउ परेका दुवै अभियुक्तहरूलार्इ प्रहरीले नियनत्रणमा लिइ थप अनुशन्धान गरिरहेका छ ।

 

Comments

comments

Read More