अनेरास्वबियु कालिका माबिमा कडेल

हेटौंडा,८ फागुन । अनेरास्ववियु कालिका माबिको प्रारम्भिक कमिटिको अध्यक्षमा अशोक कडेल चयन भएको छ । मंगलबार गठन भएको कमिटिको उपाध्यक्षमा सुस्मीता बर्तौला,सचिबमा बबिता बर्तौला चयन भएको ४ नम्बर क्षेत्रीय सदस्य सुदन बिकले जानकारी दिएको छ । त्यसैगरी कमिटिको सह सचिमा प्रमिला घिसिङ,दिपक बिक,किरण मुक्तान चयन हुनुका साथै कोषाध्यक्षमा तारा लामा चयन भएको छ ।

कमिटिको सदस्यहरुमा सर्मिला भोम्जन,कुमारी स्याङतान,शिवानी बर्तौला,देबकी बर्तौला लगायतका एधार सदस्यिय कमिटि गठन भएको क्षेत्रीय सदस्य सुदन बिकले बताएको छ । गठन भएको कमिटिबाट ३ जना जिल्ला सम्मेलनका प्रतिनिधि छनौट गरेको छ । कमिटि गठन गर्ने क्रममा ४ नम्बर क्षेत्रीय सदस्य सुदन बि र मनिष गौतमको उपस्थिति रहेको थियो ।

Comments

comments

Read More