संकटासंग थ्रिस्टार पराजित

हेटौंडा,८ फागुन । सुमन भोम्जन स्मृति खेलकुल प्रतिष्ठानले आयोजना गरेको तेश्रो टुबोर्ग हेटौंडा गोल्डकपमा आज भएको खेलमा संकटा क्लब संग रुस्लान थ्रिस्टार क्लब पराजित भएको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएके क्वाटर फाईनल चरणको खेलमा हार ब्योहोर्नु परेपछि थ्रिस्टारको सेमीफाईनलको यात्रा अन्त्य भएको छ ।

खेलको पहिलो चरणमा दुबै समुहले गोल गर्न नसकेता पनि खेलको अन्तीम समय अर्थात ८१ औँ मिनेटमा संकटाका खेलाडी कर्ण लिम्बुले गोल गरेको थियो । संकटाका लागि लिम्बुले गरेको गोल नै अन्तिम गोल बन्न पुगेको थियो । लिम्बुले गरेको गोलको बदलामा थ्रिस्टारले फर्काउन नसक्दा थ्रिस्टारको पछिल्लो चरणको यात्रा बन्द भएको हो । संकटाले थ्रिस्टारलाई पराजित गरे संगै सेमीफाईनलमा नेपाल पुलिस क्लबंग भिड्ने पक्का भएको छ । आजको खेलमा संकटाका खेलाडी कर्ण म्यान अफ दि म्याच चुनिएको थियो ।

Comments

comments

Read More