मकवानपुर बहुमुखी क्याम्पसले मुख्य मन्त्री पौडेललाई सम्मन संगै अभिनन्दन गरियो

हेटौंडा,९ फागुन । ३ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणी पौडेललाई मकवानपुर बहुमुखी क्याम्पसले बुधबार सम्मान गर्नुका साथै अभिनन्दन गरेको छ । मकवानुर बहुमुखी क्याम्पसको सञ्चालक समितिकोे अध्यक्ष समेत रहेको मुख्यमन्त्री पौडेललाई क्याम्पसले बधाई दिनुका साथै दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

क्याम्पसका निवर्तमान अध्यक्ष माईकल रामचन्द्र अर्यालको सभाध्यक्षतामा भएको कार्याक्रमको बिचमा मुख्यमन्त्री पौडेललाई सम्मान गरेको हो । कार्याक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री पौडेलले आफु मुख्यमन्त्री हुन्छु भन्ने विश्वास नभएपनि राजनितिक लगाब र अबसरका कारण मुख्यमन्त्री बन्न सफल भएको बताउनु भयो । आफु मुख्यमन्त्री बन्न सफल भएकोमा खुसीसाथ सबैको साथ र सहयोग लिएरनै काम गर्ने बताउनु भयो । मुख्यमन्त्री पौडेलले आफु स्वयम सञ्चालक समितिको अध्यक्ष भएके नाताले क्याम्पसको लागि हरेक तवरबाट सहयोग हुने प्रतिबद्धता जनाउनु भयो ।

क्याम्पस प्रमुख बच्चुराम अधिकारीले स्वागत मन्तब्य राख्नुका साथै क्याम्पस सञ्चालक समितिका सदस्य बिष्णु दहाल,अशोक शाक्य स्ववियु सभापति कुमार बहादुर केसी,प्राध्यपक संघका अध्यक्ष भोजराज ढकाल कर्मचारी युनियनका अध्यक्ष विष्णु श्रेष्ठ लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्याक्रममा क्याम्पसका प्राध्यपक,विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

comments

Read More