अनेरास्वबियु मकवानपुरको जिल्ला सम्मेलन स्थगित

हेटौंडा,९ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु मकवानपुरको जिल्ला सम्मेलन स्थगित भएको छ । अनेरास्वबियु मकवानपुरको जिल्ला सम्मेलन आयोजक कमिटिको संयोजक किसन घिसीले प्रेस विज्ञप्ती मार्फत जिल्ला सम्मेलन स्थगित भएको जानकारी गराएको हो । यहि फागुन १५ र १६ गतेको लागि तोकीएको २७ औ जिल्ला सम्मेलन पार्टी एकता भएको कारणले गर्दा एकलौटी ढंगले सम्मेलनमा जान नसक्ने अबस्थामा रहेकोले जिल्ला सम्मेलन हालको लागि स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

आफ्नो मातृपार्टी नै एकताको सुत्रधारमा बाधिसकेको अबस्थामा पार्टीको हरेक अंगहरुले सोही अनुरुपको अनुसरण गर्नु पर्ने दायित्व हुने भएकोले जिल्ला सम्मेलन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ । त्यसैगरी पार्टीले लिएको नया धार संगै अनेरास्वबियु मकवानपुरले पनि उक्त नया धारलाई आत्मासाथ गर्दै सांगठानिक गतिबिधिमा संलग्न हुने जनाउदै फागुन १५ र १६ गतेको लागि तय गरेको जिल्ला सम्मेलन स्थगित गरेको हो । अनेरास्ववियु मकवानपुले २७ औं जिल्ला सम्मेलनको लागि बिभिन्न क्षेत्र र बिभागहरुको गठन गरेर आफ्नो गतिलाई अगाढी बढाईसकेको थियो ।

Comments

comments

Read More