अफ्रिका कप अफ नेशनस : कंगोको विजयी सुरुवात

माघ ४ – अफ्रिका कप अफ नेशनस् अन्तर्गत सामेबार राति भएको खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगो विजयी भएको छ । समूह ‘सी’ अन्तर्गत भएको मोरक्कोलाई १–० ले हराउँदै कंगोले विजयी सुरुवात गरेको हो । को जितमा ५५ औं मिनेटमाजुनियर काबानान्गाले गरेको गोल नै निर्णायक बन्यो । कंगो ८१ औं मिनेटमा लोमालिसा मुटाम्बाला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिमको ९ मिनेट १० खेलाडीमा सीमित भएको थियो । तर मोरक्कोले त्यसको फाइदा भने लिन सकेन । मूह ‘सी’ अन्तर्गत राति नै भएको खेलमा आइभरी कोस्ट र टोगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । गएकोशनिबारदेखि गाबोनमा सुरु भएको अफ्रिका कप अफ नेशनसमा अफ्रिका क्षेत्रका १६ देश सहभागी छन् । सहभागी टिमलाई चारसमूहमा राखिएको छ । समूह ‘ए’ मा आयोजक गाबोन, ब्रुकिना फासो, क्यामरुन र गिनी बिसाउ छन् । समूह ‘बी’ मा सेनेगल, अल्जेरिया, जिम्बाबे र ट्युनिसिया तथा समूह ‘डी’ मा इजिप्ट, घाना, माली र युगाण्डा छन् । प्रतियोगिताको फाइनल खेल आउँदो फेब्रुअरी ५ मा हुनेछ ।

Comments

comments

Read More