समिरमानलाई जोगाएर मनोजलाई इन्काउन्टर गर्दा यसरी चुक्यो प्रहरी , आयोगले थाल्यो अनुसन्धान

२०७४ फागुन ,काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो सिआईबी र रुपन्देही प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन र सोमबहादुर आलेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

फाईल फोटो
                                                      फाईल फोटो

घटनाको सत्यतथ्यका लागि बुटवलमा रहेको मानव अधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिएसँगै काम सुरु भएको आयोगले जनाएको छ । पुन र आलेको इन्काउन्टर प्रकरणको अनुसन्धानका लागि आयोगले शाखाका अधिकृत चन्द्रकान्त चापागाइँलाई अनुसन्धानमा खटाएको छ ।

प्रहरीका अनुसार बुधवार बिहान भिडन्तका क्रममा गुण्डा नाइके मनोजको शरीरमा १२ गोली लागेको थियो भने मनोज र आलेबाट एक राउन्ड मात्र फायर हुँदा मोटरसाइकलमा लागेको थियो । मनोज र आलेले एक राउन्ड गोली चलाउँदा जवाफी क्रममा १२ राउन्ड प्रहरीको तर्फबाट गोली ठोकेबाट नै आयोगलाई यो ुफेक इन्काउन्टरु रहेको पुश्टि हुने सबैभन्दा ठुलो आधार देखिन्छ ।

प्रहरीले यो घटनामा अभियुक्तलाई नियन्त्रणमा लिन भन्दा पनि आक्रोशित रुपमा मार्ने नियतले गोली चलाएको प्रस्ट देखिन्छ । केही दिन अघी मनोज पुनलाई सिआईबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको समाचार बाहिर आएको थियो । मनोजलाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाबाट त्यहाँको प्रहरीको समन्वयमा नेपाल ल्याइएको स्रोत वताउँछ ।

बजगाई उनै सई हुन जसले मनोज पुनका पार्टनर गुण्डा नाइके एबम शरद गौचन हत्याका मुख्य नाइके समिरमानसिह बस्नेतलाई पनि भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएका थिए । गौचन हत्याका मुख्य योजनाकार समिर र मनोजलाई सई बजगाइँकै टिमले भारतबाटै पक्राउ गरी ल्याएको भए पनि समिरलाई जोगाएर मनोजलाई मात्र इन्काउन्टर गरिएपछी प्रहरीको नियतमा खोट लागेको प्रस्ट देखिन्छ । समिर नाताले ुइन्काउन्टर स्पेसलिस्टु डिएसपी कुमोद ढुंगेलका भाई हुन ।

डिएसपी कुमोद मनोजको इन्काउन्टरका बेला रुपन्देहीको देवदहमै हुनु र मनोजमाथि इन्काउन्टर हुनुलाई संयोग मात्र मान्न सकिन्न । डिएसपी ढुंगेलको तीन बर्ष अघी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैटेसँग पनि दोस्ती थियो भने घैटे र समिर मित पनि हुन । घैटे मारिएपछी समिर भागेर भारतका विभिन्न स्थानमा लुक्दै आइरहेका थिए ।
त्यसक्रममा समिर र मनोजको चिनजान भएको थियो। ढुंगेलकै सेटिङमा बस्नेतलाई इन्काउन्टरबाट जोगाएर सिआइबीको टोलीले अचानक सार्वजनिक गरेपछि गौचन हत्याको अनुसन्धानका लागि बनेको छानविन समिती नै चकित परेको थियो । प्रहरीले सुरु देखि नै बस्नेत र पुन एउटै समूहमा रहेर असुली देखि हत्यासम्मका घटनामा संलग्न रहेको दावी गर्दै आएको छ ।

फिरौती असुलीका लागि बस्नेत र पुनले प्रयोग गर्ने व्यक्तिहरु एउटै थिए । ति मध्ये अधिकांश पक्राउ परेपनि लोप्साङ राई, सुटर अम्वर वहादुर राना,गंगा लिङदेन र रोशन बुढाथोकी भने अझै फरार छन् । जेल भित्र रहेका बस्नेतको निर्देशनमा उनीहरु अझै पनि असुलिमा सक्रिय रहेको बुझाई प्रहरीको छ ।

बस्नेतले काठमाडौंलाई आधार क्षेत्र बनाई निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर करोडौं असुल्दै आइरहेका थिए भने पुनले बुटवल, भैरहवालगायत पश्चिमी क्षेत्रलाई आधार बनाई असुली धन्दा चलाउँदै आएका थिए । गुण्डा नाइके दावा लामामाथिको गोली काण्ड पश्चात दुबै समूहमा आवद्ध राईले घटनाको जिम्मेवारी लिएका थिए ।

सिआईवीले पक्राउ गरेका बस्नेतले प्रहरीसँगको बयानमा दावा लामामाथिको गोली प्रहार र गौचन हत्या आफ्नै निर्देशनमा भएको दावी गरेका थिए । जसको अडियो रेकर्ड पनि सिआईवीले सार्वजनिक गरेको थियो । अहिले गौचन हत्यामा मृत्यु भइसकेका मनोजलाई मुख्य अभियुक्त बनाई बस्नेतलाई सहयोगी बनाएर जोगाउन खोजिएको त होइन रु भन्ने गम्भिर प्रश्न उठेको छ । मनोजले को( को सँग फिरौती असुलेका थिए र कति रकम अबैध रुपमा आर्जन गरेका थिए भन्ने बारेमा प्रहरीले केही पनि खुलाउन सकेको छैन ।
न्युज नेपाल डटकमबाट साभार गरिएको

Comments

comments

Read More