गाईलाई करणी गरेको आरोपमा भारतीय पक्राउ

फागुन १२, सुनसरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१८ मा गाईलाई करणी गरेकोआरोपमा शुक्रबार राती एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । राती १०:१५ बजे मादक पदार्थ सेवन गरी गाईलाई करणी गरेको आरोपमा भारत माल्दा घर भई हाल इटहरी उपमहानगरपालिका-१८ स्थित माछा पोखरीमा काम गर्दै आइरहेका ४० वर्षीय तपन घोषलाई पक्राउ गरेको हो ।घोषले इटहरी-१८ स्थित राधा राईको गाई गोठमा बाँधिएको गाईलाई करणी गरेको आरोप लागेको छ । घोषलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

comments

Read More