इटहरी बलात्कार प्रकरण आमाको बैंक खातामा १८ लाख

१३ फागुन । दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि विचौलिया नै रकम लगेरफरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमि किनेको पनि फेला परेको छ । पु १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्रभए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो । आजको कान्तिपुरमा खबर छ ।

Comments

comments

Read More